Logo
Logo

किसान महासंघको अध्यक्षमा बाँस्कोटा र महासचिवमा पोखरेल


8.4k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजावादी निकट अखिल नेपाल किसान महासंघको राष्ट्रिय समिति घोषणा गरिएको छ ।

तिनकुने काठमाडौंमा सोमबार आयोजित भेलामार्फत बलराम बाँस्कोटाको अध्यक्षतामा ३५१ सदस्यीय राष्ट्रिय समितिको घोषणा गरिएको हो । समितिको महासचिवमा प्रमेश पोखरेल रहेका छन् ।

राष्ट्रिय समितिका अध्यक्ष, महासचिवसहित सबै पदाधिकारी तथा सदस्यलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सपथ गराएका छन् । अध्यक्ष नेपालले राष्ट्रिय समितिको घोषणा गर्दै नेतृत्वलाई प्रदेश, जिल्ला र स्थानीय तहसम्म कमिटीहरु गठन एवं पुनःगठन गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्