Logo
Logo

आँट नभएकाहरु एमालेको ढोकाबाहिर रोईकराई गरिरहेका छन् : माधव नेपाल


2.5k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आँट नभएकाहरु एमालेको ढोका बाहिर रोईकराई बसेको टिप्पणी गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघको राष्ट्रिय समिति घोषणा सभामा अध्यक्ष नेपालले एमालेको ढोका बन्द गरिएपछि आफूहरुले नयाँ ढोका खोलेको भन्दै अहिले पनि आँट नभएकाहरु एमालेको ढोकामा रोईकराई बसेको टिप्पणी गरेका हुन् ।

उनले आँट भएकाहरु नयाँ संगठन बनाएर अघि भएकाले आफूहरुले नयाँ बाटो रोजेको बताए । नेपालले कृषि क्षेत्रमा मात्रै नभइ राजनीतिमा पनि लुटेरा प्रवृत्ति हुर्किरहेको धारणा पनि राखे । त्यस्तै उहाले किसानको हित र कल्याण गर्नु नै आफूहरुको राजनीतिको मूल विषय भएको जिकिर गरे । कृषिमा आधारित बस्तुको उत्पादनलाई बढावा दिन भू उपयोग नीतिको तर्जुमा गर्नु जरुरी रहेको उनको भनाई छ ।

कार्यक्रममा अध्यक्ष नेपालले अखिल नेपाल किसान महासंघको पदाधिकारीलाई सपथ खुवाएका थिए ।

प्रतिक्रिया दिनुहोस्