Logo
Logo

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा दुई चरणका खेल दशरथ रंगशालामा



काठमाण्डौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा दुई चरणका खेल दशरथ रंगशालामा हुने भएका छन् । पर्सि तीन गतेदेखि सुरु हुने प्रतियोगितामा सुरुवाती दुई चरणका सबै खेल दशरथ रंगशालामा हुने भएका हुन् ।

अखिल नेपाल फुटबल संघ ९एन्फा० ले यसअघिको तालिकालाई हेरफेर गरी नयाँ खेल तालिका सार्वजनिक गरेको हो । यसअघि एन्फाले दशरथ रंगशाला र एन्फा कम्प्लेक्स सातदोबाटोमा खेल हुने जनाएको थियो । लिगको उद्घाटन खेलमा पर्सि फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लब खेल्नेछन् ।

दशरथ रंगशालामा हुने उद्घाटन खेल फ्लड लाइटमा खेलाइनेछ । दोस्रो दिनदेखि हरेक दिन दुई वटा खेल हुने छन् । पहिलो खेल १ बजे हुनेछ भने दोस्रो खेल पौने पाँच बजे सुरु हुनेछ । प्रतियोगितामा १४ टोलीले सहभागिता जनाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्