काठमाडौं । आज (बुधबार) बिहान देखि देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ। यस्तै राति पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्य रहने छ ।












