Logo
Logo

सन्दीप लामिछानेले लिए ह्याट्रिकसहित ६ विकेट


0
Shares

काठमाडौं । विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपीएल) मा ह्याट्रिक विकेट लिएका छन् । कीतीपुरस्थित त्रिवि मैदानमा जारी खेलमा उनले पोखरा एभेन्जर्सविरुद्ध ह्याट्रिकसहित ६ विकेट लिएका हुन्।

उनी यस सिजन एकै खेलमा ६ विकेट लिने पहिलो बलर बनेका छन् । यसअघिका ५ खेलमा १ विकेट मात्र लिएका उनले आफ्नो छैटौं खेलमा ६ विकेट लिए ।

उनले १५औं ओभरको तेस्रो, चौथो र पाँचौ बलमा लगातार विकेट लिएका हुन् । सन्दीप एनपीएलमा ह्याट्रिक विकेट लिने चौथो खेलाडी बनेका छन् । यसअघि विराटनगरकै प्रतिश जिशी, काठमान्डु गोर्खाजका शाहब आलम र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिएका थिए ।

सन्दीपले ३ ओभरमा २३ रन खर्चेर ६ विकेट लिएपछि पोखराको मध्यक्रम ध्वस्त भएको छ । यसअघि शाहब आलम र कर्णाली याक्सका विलियम बोसिस्टोले एकै खेलमा ६ विकेट लिएका थिए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000