Logo
Logo

‘मधेशमा नागरिकता दिलाउन ऐन संशोधन हुन आवश्यक छ’


882
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशमा नागरिकता दिलाउन नागरिकता ऐन संशोधन हुन आवश्यक रहेको बताए ।

मधेशमा ठूलो जनसङ्ख्या अहिले पनि नागरिकताबाट वञ्चित रहेकाले नागरिकता ऐन संशोधन हुन आवश्यक भएको जिकिर गरे । जनसङ्ख्याका आधारमा मधेशीको राजनीतिक प्रतिनिधित्व हुनपर्ने बताउँदै लोकतन्त्रको रक्षा गर्ने दायित्व समाजवादी पार्टीको भएको उल्लेख गरे ।

जसपा नेपाल कञ्चनरूप नगर कार्यसमितिद्वारा मंगलबार सप्तरीको कञ्चनपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मुलुकलाई शान्ति, विकास एवं समृद्धिको बाटोमा लानका लागि अहिलेको निर्वाचन प्रणालीमा सुधार गर्न आवश्यक भएको भन्दै उनले अबको निर्वाचनमा जनसङ्ख्याका आधारमा मधेसीको राजनीतिक प्रतिनिधित्व हुनुपर्ने दाबी गरे ।

अध्यक्ष यादवले देशको संविधानमा समावेशी सिद्धान्तबमोजिम नै मधेशी, महिला, आदिवासी जनजाति, दलित र मुस्लिमलाई राज्यमा उचित प्रतिनिधित्वको व्यवस्था गरेको भएपनि भेदभावका कारणले सरकारी सेवामा उनीहरूको प्रवेश कम देखिएको बताए ।

दलित, मधेशी, थारु, मुस्लिम र जनजातिलाई अधिकार सम्पन्न बनाउनका लागि जसपा नेपालले सङ्घर्ष गरिरहेको उल्लेख गर्दै उनले देशमा सदियौँदेखि पछाडि पारिएका जाति समुदायको हकअधिकार अझै पूर्णरुपले स्थापित भइसकेको उल्लेख गर्दै विभेद र उत्पीडनमा परेको ती जाति समुदायको अधिकार सुनिश्चितताको लडाइँ निरन्तर जारी नै रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्