Logo
Logo

आजबाट विद्युतीय राहदानी जारी



काठमाडौं । सरकारले आजदेखि विद्युतीय राहदानी (ई पासपोर्ट) जारी गर्न छ ।राहदानी विभागको त्रिपुरेश्वरथित नयाँ भवनमा आज आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री नारायण खड्काले (ई पासपोर्ट) सार्वजनिक गर्ने कार्यक्रम छ ।

अहिलेसम्म नेपालले मेसिन रिडेबल पासपोर्ट एमआरपी जारी गरिरहेको छ । अब (ई पासपोर्ट) वितरण सुरु हुने विभागका प्रवक्ता शरदराज आरणले जानकारी दिए ।विभागले मंसिर १ गतेदेखि आंशिक रुपमा शुरु हुने ई पासपोर्ट वितरण एक हप्ताभित्रै पूर्ण सेवामा रुपान्तरण गर्ने योजना बनाएको प्रवक्ता शरदराज आरणले जानकारी दिए । अत्यावश्यक परेर वा स्वेच्छिक रुपमा बनाउन चाहानेलाई एमआरपी पनि वितरण हुने छ ।

सन् २०२० को डिसेम्बर २० मा राहदानी विभागले फ्रान्सको ‘आईडीईएमआईए आइडेन्टी एण्ड सेक्युरिटी’सँग ई(पासपोर्ट छपाइको लागि दुई अर्ब ४८ करोड रुपैयाँमा खरिद सम्झौता गरेको थियो । सम्झौताअनुसार १० महिनाभित्र कम्पनीले ई(पासपोर्टको वितरणका लागि सबै काम सकाउनुपर्ने थियो । विभागले लक्ष्यअनुसार नै समयमै काम सकेको छ ।

एमआरपी प्रणालीको तथ्यांक नयाँ प्रणालीमा सार्न र छपाइको काम प्रभावकारी बनाउन विभागले शुरुआतमा दुबै खालका पासपोर्ट वितरण गर्ने तयारी गरेको हो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण आईका ओले (ई पासपोर्ट) लाई सुरक्षित भनेर परिभाषित गरेसंगै यो अन्तर्राष्ट्रिय स्तरमा प्रचलनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्