Logo
Logo

८५ औं वार्षिकोत्सवमा नेपाल बैंकको रक्तदान, विभिन्न संस्थालाई सहयोग



काठमाडौं । नेपाल बैंकले ८५ औं वार्षिकोत्सव अवसरमा कात्तिक २६ गते भूगोलपार्कस्थित केन्दीय कार्यालय परिसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रममा १०४ जनाले रक्तदान गरेका थिए ।

बैंकका नायब प्रमुख अधिकृत समता पन्त, सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी लगायत बैंकका कर्मचारीहरु तथा विभिन्न ग्राहकहरुले कार्यक्रममा रक्तदान गरेका थिए । लायन्स क्लब अफ काठमाडौं बैंकरको सहयोगमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

त्यसैगरी बैंकले वार्षिकोत्सवको अवसरमा देशका विभिन्न भागमा विविध सामाजिक कार्यक्रमको आयोजना गरी सहयोग गरेको छ । बैंकले यस अन्तर्गत सुनसरी जिल्लाको पार्वती माद्यामिक विद्यालयलाई पंखा र दराज, मोरङका जिल्लाको रणकाली मन्दिरलाई प्लास्टिकको कुर्सी, वीरगंज उपमहानगरपालिकामा रहेको माानव सेवा आश्रममलाई ट्रयाक सुट र खाद्य सामाग्री र अन्य धेरै संस्थालाई पनि सहयोग गरेको छ ।

साथै, वार्षिकोत्सवको अवसरमा बैंकमा अनवरत रुपमा २० वर्षभन्दा बढी सेवा गरेका विभिन्न कर्मचारीहरुलाई बैकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले एक समारोहकाबीच प्रतिक तथा प्रशंसा पत्र वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्