Logo
Logo

अमेरिकी सहायक विदेशमन्त्री लुले प्रधानमन्त्रीलाई भेट्दै



काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज (बिहीबार) दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्ने भएका छन् ।

नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र विकास साझेदारहरूसँग परिचित हुन तीन दिने भ्रमणका लागि बुधबार बेलुका नेपाल आइपुगेका उनले आज प्रधानमन्त्रीलाई भेट्दैछन् ।

परराष्ट्रमन्त्री नारायण खड्कालाई उनले भोलि शुक्रबर भेट्ने कार्यक्रम छ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अलमलमा रहेको बेला दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने लु नेपाल आएका हुन् ।

उनले काठमाडौं बसाइँका क्रममा सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गर्नुका साथै सांस्कृतिक सम्पदा स्थलहरूको अवलोकन गर्ने अमेरिकी दूतावासले जनाएको छ । यस्तै

यसैबीच, दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी उप(सहायक विदेश मन्त्री केल्ली किडरलिङ आज काठमाडौं आइपुग्ने दूतावासले जनाएको छ। उनले नेपाली अधिकारी र नागरिक समाजका अगुवाहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्धको ७५ वर्ष प्रवेशको पूर्वसन्ध्यामा उनी नेपाल आउन लागेकी हुन्।

कोभिड(१९, जलवायु परिवर्तन र लोकतन्त्रको सबलीकरण जस्ता राष्ट्रपति बाइडेनका उच्च प्राथमिकतामा रहेका चुनौतीहरूकाबारे उनीहरूले छलफल गर्ने दूतावासले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्