Logo
Logo

डोजर पल्टिँदा चालकको मृत्यु


315
Shares

काठमाडौं । दाङमा आज बिहान डोजर पल्टिँदा चालक मृत्यु भएको छ । भने एक जना घाइते भएका छन् ।

डोजर पल्टिँदा चालक दाङ‍ घोराही १० बुधौराका २२ वर्षीय सुनिलकुमार विकको ज्यान गएको हो। यस्तै डोजरका सहचालक बर्दिया गुलरियाका राजकुमार चौधरी घाइते छन् ।

बङ्गलाचुली गाउँपालिकाको मुर्कुट्टीदेखि बङ्गलाचुली पार्कको भ्युटावर जोड्ने सडक मर्मतका क्रममा रा १ क ९१४ नम्बरको डोजर पल्टिएको बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्