Logo
Logo

दशगजाबाट एक युवक बेपत्ता, अपहरणमा परेको आशंका


630
Shares

काठमाडौं । रुपन्देहीको सीमावर्ती क्षेत्र दशगजाबाट एक युवक बेपत्ता भएका छन् ।

रोहिणी गाउँपालिका २ मैनिहवाका २१ वर्षका अनिल कहार अपहरणमा परेको प्रहरीले आशंका गरेको छ । परिवारका अनुसार उनलाई केही व्यक्तिले दशगजा क्षेत्रमा बोलाएका थिए । ती व्यक्तिलाई भेट्न भन्दै मंगलबार बेलुका अनिल दशगजा गएका तर त्यसपछि परिवारको सम्पर्कमा नआएको बताइन्छ ।

मंगलबार बेलुकादेखि हराइरहेका अनिलको बारेमा हिजो बेलुका मात्रै परिवारका सदस्यले प्रहरीमा उजुरी गरेका थिए । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्