काठमाडौं । बीमा समितिबाट जारी कृषि तथा पशुपक्षी बीमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपक्षी बीमा क्षति मुल्याङ्कनकर्ताको व्यवस्था गर्न कृषि तथा पशुपक्षी बीमाको लागि आइएमई जनरल इन्स्योरेन्स कम्पनीका लागि तोकिएका जिल्लाहरु सोलुखुम्बु र ओखलढुंगा जिल्लाका सहभागीलाई एकै स्थानमा समावेश गरी २०७८ कात्तिक २८ देखि ३० गतेसम्म सोलुखुम्बु जिल्लाको पत्ताले गुठीभवनमा बीमा समितिको प्रतिनिधिको रोहवरमा तालिम सम्पन्न भएको छ ।

उक्त तालिममा १५ जना व्यक्तिहरुको सहभागिता रहेको थियो । क्षति मुल्याङ्कनकर्ताको तालिमपश्चात कृषि तथा पशुपक्षी बीमाको क्षतिका लागि तोकिएको सीमाभन्दा बढीको क्षतिमा क्षति मुल्याङ्कनकर्ताले मुल्याङ्कन गरी दाबी भुक्तानी गर्ने व्यवस्थाबाट कृषि तथा पशुपक्षी बीमामा उल्लेखरुपमा सुधार भई कम्पनीले ग्राहक महानुभावलाई बीमा सेवा प्रदान गर्न सहज हुने अपेक्षा कम्पनीले लिएको छ ।











