Logo
Logo

चेल्सीले घरेलु टोली लेस्टर सिटीलाई ३–० ले हरायो



काठमाण्डौं । इङ्ग्लिस प्रिमियर लिगमा शीर्षस्थानमा रहेको चेल्सीले घरेलु टोली लेस्टर सिटीलाई ३–० ले हराएको छ ।

चेल्सीका एन्टेनियो रुडिगर, एङ्गोलो कान्टे र क्रिस्टियन पुलिसिसले एकर एक गोल गरे । जितसँगै शीर्षस्थानमा रहेको चेल्सीको १२ खेलबाट २९ अङ्क पुगेको छ ।

लेस्टर १५ अङ्कसहित १२ औं स्थानमा छ । गएराति भएका अरु खेलमा न्युक्यासल र ब्रेन्टफोर्ड तथा बर्नले र क्रिस्टल प्यालेसले ३र३ गोलको बराबरी खेलेका छन् । त्यस्तै एस्टन भिल्लाले ब्राइटनलाई २–० ले हराएको छ । वेस्ट ह्याम उल्भ्ससँग १–० ले पराजित भएको छ ।

नर्विच सिटीले साउथह्याम्टनलाई २–१ ले हराएको छ । लिभरपुलले आर्सनललाई ४–० को फराकिलो अन्तरले हराएको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको १२ खेलमा २५ अङ्क छ ।

प्रतिक्रिया दिनुहोस्