Logo
Logo

प्रहरीमा कार्यवाहक आइजिपीको विवाद, एआइजी पाल विदामा




काठमाडौं । नेपाल प्रहरीमा कार्यवाहक आइजिपीको विवाद देखिएको छ ।

आइजिपी थापालाई विमानस्थलमा विदाई गर्दै एआइजी निरज शाही ।


प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री इन्टरपोल महासचिवालयको आयोजनामा टर्कीको ईस्तानबुलमा २०७८ आयोजना गरेको इन्टरपोलको ८९औं महासभामा सहभागी हुन त्यसतर्फ जाँदा उनले एआइजी निरजबहादुर शाहीलाई कार्यवहाकको जिम्मेवारी दिएका छन् । एआइजी हरि पाल १ नम्बर एआइजी भएपछि शाहीलाई जिम्मेवारीदिएपछि पाल विदामा बसेका छन् । शाही प्रहरी एकेडेमी तथा पाल महानगरीय प्रहरी कार्यालयमा कार्यरत छन् ।


स्रोतका अनुसार गृहमन्त्री वालकृष्ण खाणको निर्देशनमा पाललाई कार्यवाहकको जिम्मेवारी नदिइएको हो । पछिल्लो समय खाण र पालबीच बोलचाल बन्द जस्तै छ । सोही कारण उनले अन्य एआइजीलाई कार्यवहाक बुझाउन भनेका थिए ।
गत साता भारत भ्रमणमा जाँदा पनि एआइजी प्रद्युम्न कार्कीलाई कार्यवहाकाको जिम्मेवारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्