
काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले एनपीएलले नेपाली क्रिकेटलाई नयाँ उचाईमा पु¥याओस् भन्ने कामना गरेकी छन् ।
नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु हुन लागेको अवसरमा शुभकामना व्यक्त गर्दै उनले एनपीएल युवाहरूको प्रतिभा र देशको सामूहिक आत्मविश्वासको सुन्दर प्रतिविम्ब भएको पनि बताएकी हुन् ।
‘नेपाली क्रिकेटप्रतिको जनउत्साह, हाम्रा युवाको प्रतिभा र देशको सामूहिक आत्मविश्वासको सुन्दर प्रतिविम्ब हो एनपीएल,’ उनले लेखेकी छन्, ‘गत वर्ष म प्रधानमन्त्री छँदा विशिष्ट परिस्थितिबीच दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न भएको थियो, जसले सुरक्षा सन्देह निवारण गर्न र समाजमा आशा एवं उत्साह जगाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो ।’
कार्कीले यस वर्षको एनपीएलले पनि नेपाली क्रिकेटलाई नयाँ उचाइमा पु¥याओस् भन्ने कामना गरेकी छन । उनले भनेकी छन्, ‘नेपालको गौरव विश्वभर फैलाओस् र हाम्रो राष्ट्रिय आत्मविश्वासलाई अझै बलियो बनाओस् । सम्पूर्ण खेलाडी, आयोजक र क्रिकेटप्रेमीमा शुभकामना । नेपाल सुरक्षित, सक्षम र सम्भावनायुक्त छ ।’
एनपीएलको उद्घाटन खेल आज साँझ ४ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ । खेलको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्नेछन् । उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्दै छन् ।















