Logo
Logo

अब ई–सेवाबाट पनि एनआइबिएल सहभागिता फण्डका इकाई खरिदको भुक्तानी गर्न सकिने



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआइबिएल एस क्यापिटल लिमिटेडले ग्राहकवर्गको सुविधालाई मध्यनजर राखी २०७८ मंसिर ६ गतेदेखि ई–सेवाको माध्यमबाट पनि एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना)का इकाई खरिदको भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको जनाएको छ ।

यसअघि एनआइबिएल सहभागिता फण्डका लगानीकर्तालाई कनेक्ट आइपिएस, खल्ती र नेपाल इन्भेष्टमेन्ट बैंकको ई–बैंकिङबाट मात्रै यो सेवा प्रदान गरिरहेको थियो । अब भने ई–सेवाको माध्यमबाट पनि सेवा लिन सकिने भएको हो । योजना व्यवस्थापक प्रबन्धक, एनआइबिएल एस क्यापिटलले लगानीकर्तालाई बिनाझन्झट खुलामुखी योजानामा लगानी गर्न सहज वातावरण बनाउन निरन्तर प्रयासरत रहेको समेत बताएको छ ।

प्रतिक्रिया दिनुहोस्