Logo
Logo

सिटिजन्स बैंकको प्रिभिलेज बैंकिङ सेवा सुरु



काठमाडौं । सिटिजन्स बैंकले कमलादीस्थित आफ्नै भवनबाट प्रिभिलेज बैंकिङ सेवा सुरु गरेको छ । सिटिजन्स बैंकले आफ्ना प्रतिष्ठित ग्राहकका लागि कमलादीमा प्रिभिलेज बैंकिङ सेवा सुरु गरेको हो । ग्राहकलाई छिटोछरितो, झन्झटमुक्त र विशिष्टीकृत सेवाहरु प्रदान गर्ने उद्देश्यले कमलादीमा आफ्नै भवनबाट पनि विशेष बैंकिङ सेवा सुरु गरेको बैंकले जनाएको छ ।

यसअघि नारायणहिटी पथमा रहेको प्रधान कार्यालयको प्रिभिलेज काउन्टरबाट बैंकले ग्राहकहरूलाई विशेष बैंकिङ सेवा प्रदान गर्दे आएको थियो । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरि फैलिएका १७४ वटा शाखा, १२३ एटिएम र ११३ वटा शाखारहित बैंकिङ इकाईहरुबाट करिब १२ लाख ५० हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्