Logo
Logo

जवानमा नाम निकालेका ९१ जना जागिर खान गएनन्




काठमाडौं । नेपाल प्रहरीको जागिरमै आकर्षण घटेको छ । जवान पदमा नाम निकालेका ९१ जना जागिर खान गएनन् ।


नाम निकालेका नआएपछि प्रहरी प्रधान कार्यालयले वैकल्पिक सूचीमा रहेकालाई जागिर खान बोलाएको छ । खुलातर्फ ५२, महिलातर्फ ८, आदिवासी जनजातीतर्फ ८, मधेसीतर्फ १९ र दलिततर्फ नाम निकालेका ४ गरी ९१ जना जागिर खान नगएका हु्न् । ती पदमा वैकल्पिक उम्मेदवारलाई भर्ना प्रक्रिया अघि बढाइएको छ ।


प्रहरीले हालै करिब पाँच हजार जवान भर्ना गरेको थियो । जसमा नाम निकालेकाहरुमध्ये ९१ जना सम्पर्कमा नगएका हुन् । यसले प्रहरी जागिरप्रति घट्दो आकर्षणलाई देखाउने प्रहरी अधिकारी बताउँछन् ।


दुःख धेरै, सेवा सुविधा कम र वृत्ति विकासका अवसर पनि निष्पक्ष नहुने भएपछि प्रहरी सेवामा आकर्षण घटेको हो ।

प्रतिक्रिया दिनुहोस्