Logo
Logo

राप्रपा अध्यक्षमा लिङ्देनको उम्मेदवारी घोषणा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं सांसद राजेन्द्र लिङ्देनले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

आज दरबारमार्गस्थित एक होटलमा पत्रकार सम्मेलनको आयोजना गरेर अध्यक्षको उम्मेदवार दिनने घोषणा गरेका हुन् ।

लिङ्देनले अब महाधिवेशनमा अध्यक्षका लागि वर्तमान कमल थापासँग प्रतिस्पर्धा गर्नेछन् ।

उम्मेदवारी घोषणाका लागि पत्रकार सम्मेलनमा उपस्थित भएका नेता लिङ्देनले आफू जित्नकै लागि अध्यक्षको उम्मेदवार बनेको बताए ।

राप्रपा अध्यक्षमा आफ्नो उम्मेदवारीले एमाले, काँग्रेस र माओवादीका युवा पुस्ता भन्नेहरूलाई पनि चुनौती दिएको लिङ्देनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्