Logo
Logo

विवादमा परेका हुआङलाई मस्कको समर्थन


0
Shares

काठमाडौं । अमेरिकी अर्बपति तथा प्रविधि व्यवसायी एलन मस्कले एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङलाई आफ्नो कम्पनीमा नियुक्त गर्न पाउनु सम्मानको विषय हुने बताएका छन् ।

The current image has no alternative text. The file name is: ELONE-USK.jpg

हुआङको नेतृत्वबारे एनभिडियाको सञ्चालक समितिमा छलफल भइरहेका बेला मस्कले सामाजिक सञ्जाल एक्समार्फत उनलाई समर्थन गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

कृत्रिम बौद्धिकतासम्बन्धी लगानीकर्ता ग्याभिन बेकरले स्वतन्त्र अनुसन्धानको नतिजा नआएसम्म एनभिडियाको सञ्चालक समितिले हुआङलाई पदबाट हटाउने निर्णय गर्न नहुने धारणा सार्वजनिक गरेका थिए । उक्त पोस्टको प्रतिक्रियामा मस्कले ‘१००’ को सङ्केत प्रयोग गर्दै समर्थन जनाएका थिए ।

त्यसैगरी, वित्तीय समाचारसम्बन्धी सञ्चारमाध्यम जिरोहजको अर्को पोस्टमा प्रतिक्रिया दिँदै मस्कले हुआङलाई नियुक्त गर्न पाउनु सम्मानको विषय हुने बताएका हुन् ।

हुआङको नेतृत्वमा एनभिडियाले सन् २०२५ को अन्त्यतिर मस्कको कृत्रिम बौद्धिकता कम्पनी एक्सएआईमा दुई अर्ब अमेरिकी डलरसम्म लगानी गर्ने सहमति गरेको थियो । एक्सएआई अहिले मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सको हिस्सा बनिसकेको छ । 

सन् २०२५ अक्टोबरमा अमेरिकी सञ्चारमाध्यम सीएनबीसीसँग कुरा गर्दै हुआङले मस्कको कम्पनीमा अझ बढी लगानी नगर्नु आफ्नो एक मात्र पछुतो भएको बताएका थिए । उनले मस्क संलग्न भएका प्रायः सबै काममा आफू पनि सहभागी हुन चाहने धारणा व्यक्त गरेका थिए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000