काठमाडौं । देउँसी भैलो खेल्नेक्रममा सार्वजनिक स्थलमा अश्लिल नृत्य गरेको आरोपमा दुई महिला पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा रुपन्देही देवदह नगरपालिका-७ का ३० वर्षीय चाहना थापा र सर्लाही हरिवन नगरपालिका-३ का २१ वर्षीय प्राप्ति बस्नेत रहेकी छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय लुम्बिनी, रुपन्देहीको टोलीले पक्राउ गरेको हो ।

नेपाली मौलिक कला, संस्कृती, सामाजिक शिष्टाचार तथा नैतिकताको प्रतिकुल हुने गरी देउसी भैलो कार्यक्रममा अश्लिल नृत्य प्रदर्शन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएका छ ।
उनीहरूलाई लुम्बिनी सांस्कृतिक नगरपालिका-१० महिलावार बजारमा पक्राउ गरी सार्वजनिक हित र नैतिकता विरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।


















