Logo
Logo

दुई जना मृत अवस्थामा भेटियो



काठमाडौं । काठमाडौंको एक होटलमा ४० बर्षीय जयराम बगाले बुधबार मृत अवस्थामा भेटिएका छन् ।

प्रहरीले काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित होटल सम्पुर्णको कोठामा काठमाडौं चप्पल कारखाना बस्ने चितवन रत्ननगर-९ घर भएका वगाले बुधबार मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

यस्तै सप्तरी, छिन्नमस्ता गाउँपालिका-६ खुदिबखारी बस्ने ९७ वर्षीय मुक्तिलाल मण्डल सोही गाउँपालिका-३ स्थित आँपको बगैंचामा बुधबार मृत अवस्थामा भेटिएका छन् ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्