Logo
Logo

एमाले अध्यक्ष ओली चितवनमा



चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली १०औं राष्ट्रिय महाधिवेशनका लागि बिहीबार चितवन आइपुगेका छन् । उनी महाधिवेशन उद्घाटनको अघिल्लो दिन बिहीबार चितवन आएका हुन् । एमालेको महाधिवेशन भोली शुक्रबार सुरु हुँदैछ ।

फाइल फोटो

अध्यक्ष ओली आजै एमाले निकटको नेपाल बुद्धिजिवी परिषद्ले गर्ने कार्यक्रममा सहभागी हुनेछन् । सौराहाको होटल अर्थलाइटमा १५० जना विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका विज्ञहरुबीच समाजवादको आधार निर्माण विषयको बहस हुने नेपाल बुद्धिजीवि परिषद्का सचिवालय सदस्य ईश्वरीप्रसाद कडरियाले जानकारी दिए । जहाँ ४ वटा कार्यपत्र पेश हुनेछ ।

प्रतिक्रिया दिनुहोस्