Logo
Logo

जटिल कुराहरु सरल भाषामा जनतालाई बुझाउनुपर्छ : ओली


819
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जटिल भनिएका कुराहरु बुझिने भाषामा जनतालाई बुझाउनुपर्ने बताएका छन् ।

नेकपा एमालेको १० औं माहाधिवेशनको दौरान विहिबार चितवन पुगेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल बुद्धिजीबी परिषद्ले चितवनमा गरेको वर्तमान परिवेशमा नेकपा एमालेको महाधिवेशन, समाजवादको निर्माण प्राज्ञिक बहस तथा दिशानिर्देश कार्यक्रममा बोल्दै उनले समाज विज्ञानका जटिल कुराहरु आम जनताले बुझ्ने सरल भाषामा बुझाउनुपर्ने बताएका हुन् ।

अध्यक्ष ओलीले केही बुद्धिजीबीहरुले समाज विगार्ने काम गरिहरको बताउँदै केही औषधीका नाम जस्ता बाहेक सबै कुरा बुझिने गरि समाजमा जानु पर्ने बताए । नेकपा एमालेको १० औं महाधिवेशन शुक्रबार चितवनमा उद्घाटन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्