दमौली । गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत विभिन्न योजनाका लागि बजेट बाँडफाँड गर्नुभएको छ । उहाँले चालु आर्थिक वर्ष ०७८÷७९ को निर्वाचन क्षेत्र नम्बर २ ९क० अन्तर्गत विभिन्न योजनाका लागि बजेट बाँडफाँड गर्नुभएको हो ।
रु दुई करोड बजेट विभिन्न ३० योजनामा विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । शुक्लागण्डकी, म्याग्दे र व्यासका दुई वडा समेटिएको क्षेत्रमा विभिन्न योजनाका लागि बजेट बाँडफाँड गरिएको हो । कार्यक्रम अन्तर्गत खेलमैदान निर्माण, टोल विकासको भवन निर्माण, सडक स्तरोन्नति लगायतका योजनामा बजेट विनियोजन गरिएको छ ।












