काठममाडौं । नेकपा एमालेको दशौं महाधिवेशनको अन्तर्गत हाल बन्दसत्र सुरु हुन लाग्को छ । हाल एमालेको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका भीम रावलको चुनाव प्रचारसम्बन्धी पर्चा बोकेर कसैलाई पनि बन्दसत्रभित्र प्रवेश गर्न दिइएको छैन ।
एक नेताका अनुसार सार मनोनयनपत्र दर्ता नै नभएका कारण पर्चा बोकेर बन्दसत्रभित्र प्रवेशमा रोक लगाइएको बुझिएको छ ।
हाल स्वयंसेवकहरुले पर्चा खोसेरमात्र बन्दसत्रमा प्रवेश गर्न दिएका छन् ।
तर बन्दसत्र आयोजनास्थलभन्दा बाहिर भने कतिपयले रावलको पर्चा बाँड्ने काम गरिरहेका छन । बन्दसत्रमा महाधिवेशन प्रतिनिधिहरु प्रवेश गर्ने क्रममा स्वयंसेवकहरुले केही विषयमा कडाइ गरेका छन् ।












