Logo
Logo

नाडामा थापा समूह अगाडि



काठमाडौं । मंसिर २२ र २३ गते काठमाडौंमा सम्पन्न हुन गइरहेको नाडाको साधारणसभाले नयाँ नेतृत्व निर्वाचित गर्दैछ । नाडाको अध्यक्ष पदमा ध्रुव थापा र करण चौधरी भिड्दैछन् ।

करिब ३२ सय सदस्य रहेको नाडाको यस साधारणसभाबाट ध्रुव थापा विजयी हुने देखेपछि करण चौधरी समूहले नक्कली मत संकलन गरेको स्रोतले जनाएको छ ।

देशभरीका नाडाका सदस्यहरुमध्ये करिब १२ सय सदस्यहरुको नक्कली लेटरप्याड, स्टाम्प र हस्ताक्षर चौधरी समूहले संकलन गरेको थाहा भएको छ । आफ्नो अनुमतिविना नक्कली लेटरप्याड, स्टाम्प र हस्ताक्षर चोरी गरेको आरोपमा चार सय जना साधारण सदस्यले नाडामा उजुरी दिएका छन् ।

ति उजुरीमाथि छानविन भएमा करण चौधरी लगायतका समूह किर्ते जालसाजीमा जेल जानुपर्ने अवस्था आउन सक्छ । यसका लागि नाडाका साधारण सदस्यहरुले जिल्ला प्रशासन कार्यालय, प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) र अदालतसम्म जाने तयारी गरिरहेका छन् ।

थापा समूहलाई गोल्छा अर्गनाइजेशन, जगदम्बा ग्रुप, लक्ष्मी ग्रुप, ज्योती ग्रुप र चन्द्र ढकाल र टोयोटा ग्रुपको समर्थन छ । नाडामा चौधरी ग्रुपको दादागिरी रोक्न देशभरका डिलरहरु थापाको पक्षमा उभिएका छन् । स्रोतकाअनुसार नाडाको सदस्यमा कर्पोरेट हाउसको १० प्रतिशत मत छ भने ९० प्रतिशत मत साधारण अटोमोबाइल डिलरहरुको रहेको छ ।

थापा समूहबाट आकाश गोल्छा, अमर ज्योती रंजित, विएन पाठक, दीपककुमार अग्रवाल, कपिल सिवाकोटी, नारायण पौडेल, नवराज भुसाल, निराकार श्रेष्ठ, प्रदीपमान प्रधान, प्रकाश सिग्देल, रिद्धी कार्की, सगुनवीर सिंह कंशकार, संजयकुमार खेतान, शुभाषिष थपलिया र यमुना श्रेष्ठ सदस्य पदका उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्