काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राप्रपालाई फेरि एकता महाधिवेशन गर्न नपरोस् भनी शुभकामना दिएका छन् । काठमाडौंमा भएको उद्घाटनसत्रमा बोल्दै उनले यसअघि पनि एकता महाधिवेशन भएको तर फेरि पार्टी विभाजन भएको स्मरण गराउँदै पोखरेलले उक्त शुभकामना दिएका हुन् ।

उनले भने– ‘यसअघि पनि राप्रपाले एकता महाधिवेशन गरेको थियो । त्यो सुनेर हामी धेरै खुसी पनि भएका थियौं । तर दुर्भाग्य त्यो एकतामा चिरा परेछ। अहिले फेरि अन्तिम एकता महाधिवेशन भनिएको छ । म भगवानसँग प्रार्थना गर्न चाहन्छु। यो पटक साँचो अर्थमा एकता होस् ।’
उनले पार्टीहरु अलग अलग भए पनि देश बनाउने सबालमा एक हुनुपर्ने बताए । उनले अहिले देशको राजनीति दुईतिर ध्रुविकृत भएको बताए । एउटा मुलुकमा स्थायित्वको वकालत गरिरहेको र अर्कोले राष्ट्रिय स्वाभीमानलाई लत्याउँदै हिँडेको उनको आरोप ।












