Logo
Logo

दलका महाधिवेशनले राष्ट्रिय एकतामा सहयोग गर्छ : प्रम देउवा


252
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलका महाधिवेशनको मौसम चलेकाले तिनले राष्ट्रिय एकता र सहमति निर्माणका लागि सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले यसै हप्ता नेकपा (एमाले)को महाधिवेशन सम्पन्न भएको उल्लेख गर्नुहुँदै आफ्नो दल नेपाली कांग्रेस पनि अर्को हप्ता १४ औँ महाधिवेशनका तयारीमा जुटेको बताए । सबै दलका महाधिवेशनले राष्ट्रिय महत्वका विषयमा साझा धारणा बनाउनुपर्ने प्रधानमन्त्री देउवाको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्