Logo
Logo

एनआईबिएल एस क्यापिटलद्वारा ‘च्याटबोट’ सेवा सञ्चालन



काठमाडौं । नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै ‘च्याटबोट’ सेवा सञ्चालन गरेको छ ।

समयअनुसार प्रविधिमा आएको परिवर्तन एवं ग्राहकको आवश्यकतालाई ध्यानमा राखी च्याटबोट सेवा ल्याइएको क्यापिटलले बताएको छ ।
च्याटबोटबाट ग्राहकले कम्पनीको सेवाबारे भौतिक उपस्थिति बिनै जानकारी पाउने भएकाले ग्राहकलाई सहज हुने एनआईबिएल एस क्यापिटलले विश्वास व्यक्त गरेको छ ।

परिस्कृत सेवा सुविधा प्रदान गर्न तथा प्रविधिमैत्री बनाउनका लागि च्याटबोटमा आर्टिफिसियल इन्टेलिजेन्स समेतको प्रयोग गरिएकाले ग्राहकको आवश्यकता अनुसारको सेवा सुविधा दिन सक्ने किसिमले विकास गरिएको क्यापिटलले जानकारी दिएको छ ।

यस अघि कम्पनीेले अनलाइनमार्फत एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजाना)का इकाईहरु खरिद गर्नुका साथै डिम्याट खाता खोल्ने तथा मेरो शेयर दर्ता गर्ने सेवा समेत सुचारु गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्