Logo
Logo

कम्युनिष्टसँग प्रतिस्पर्धा गर्न सहज छैन : पौडेल


819
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टसँग प्रतिस्पर्धा गर्न सहज नभएको बताएका छन् ।

पार्टीको १४औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अहिले पनि कम्युनिष्ट शक्तिहरु बलियो भएको र उनीहरुसँग प्रतिस्पर्धा गर्न सहज नहुने बताए । उनले भने, ‘एमालेको गाउँ–गाउँमा अझै पनि संगठन छ, त्यसैले नेपाली कांग्रेसलाई सक्षम पार्टी बनाउनुछ। तयारीका साथ हामी जानुपर्नेछ ।’

उनले अहिले नेपाल गतिहीन र अवरुद्ध अवस्थामा रहेको उनले बताए । उनले भने, ‘संसद् चलिरहेको छैन। सर्वोच्च अदालत अस्तव्यस्त छ,
सरकार चल्न सकेको छैन। ७० वर्ष संघर्ष गरेर जुन संविधान प्राप्त गर्‍यो त्यो अनुसार नयाँ युगअनुसार अगाडि बढ्न सकेनौं ।’

पार्टीभित्र आन्तरिक लोकतन्त्र र स्वच्छ प्रतिस्पर्धा समाप्त भएको टिप्पणी गरेका छन् । उनले अहिले भर्खर भएका केही निर्वाचनमासमेत यस्ता केही दृश्य देखिएको भन्दै पार्टीभित्र आन्तरिक लोकतन्त्रमा समस्या रहेको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्