काठमाडौं । काठमाडौंको रानीपोखरीमा एक व्यक्तिको शव भेटिएको छ । उपत्यका प्रहरी कार्यालयका अनुसार रानीपोखरीमा एक पुरुषको शव भेटिएको हो ।

शव कसको हो भन्ने खुलेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । शव भेटिएका व्यक्तिको उमेर ३५-४० वर्षको जस्तो रहेको प्रहरीले जनाएको छ ।













