Logo
Logo

साझा उम्मेदवार छान्न पौडेल समूह फेरि छलफलमा


1.3k
Shares

काठमाडौं । कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरु साझा उम्मेदवारी चयनका लागि फेरि छलफलमा जुटेका छन् । भृकुटीमण्डपमा खुलासत्र सकिएलगत्तै नेताहरू बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भेला भएका हुन् ।

बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा सुरु भएको छ । उक्त बैठकमा सभापतिका दाबेदारहरु सबै सहभागी हुने बताइएको छ ।

सभापतिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला र केन्द्रीय सदस्य शेखर कोइराला आकांक्षी छन् ।

कोइरालाद्वयले पौडेलको नाममा सहमति गरेर साझा उम्मेदवार चयन गर्न सकिने बताए पनि सिंहले अडान नछोडेपछि साझा उम्मेदवार चयनको विषय अन्योल बनेको हो ।

प्रतिक्रिया दिनुहोस्