Logo
Logo

दोस्रो संस्करणको साफ महिला फुटबल च्याम्पियनसिप आजदेखि


126
Shares

काठमाडौं । दोस्रो संस्करणको साफ १९ वर्षमुनिको महिला फुटबल च्याम्पियनसिप आज (शनिबार)देखि बङ्गलादेशमा सुरु हुँदैछ ।

आज नेपालले आफ्नो पहिलो खेल बङ्गलादेशविरुद्ध खेल्दैछ । खेल बेलुका सात बजे सुरु हुनेछ । आज यसअघि सन् २०१८ मा भुटानमा भएको पहिलो संस्करण १८ वर्षमुनिको टिमबीच भएको थियो ।

त्यतिबेला फाइनलमा नेपाललाई १–० ले पराजित गर्दै बङ्गलादेशले पहिलो संस्करणको उपाधि जितेको थियो ।
बङ्गलादेशपछि नेपालले दोस्रो खेल श्रीलङ्कासँग आउने २९ गते खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्