Logo
Logo

पौडेल समूहको बैठक बस्दै, उम्मेदवार टुंगो लगाउने तयारी


945
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूको बैठक बस्दै छ । आज बिहान बस्ने भने पनि बैठकको समय भने तोकिएको छैन । बैठकले उम्मेदवारको टुंगो लगाउने तयारी गरिएको छ ।

निर्वाचन सिमितिले आज १० बजेदेखि साँझ ५ बजेसम्मका लागि उम्मेदवारको मनोनयन दर्ताको समय तोकेको छ । पौडेल समूहले भने अझै सभापतिकको उम्मेदवार टुंगो लगाएको छैन ।

उम्मेदवार टुंग्याउन शुक्रबार राति बोहराटारमा बैठक बसेको थियो तर सभापतिको उम्मेदवारको टुंगो लगाउन सकेन ।

पौडेल समूहमा प्रकाशमान सिंह र शेखर कोइरालाले सभापति नछाड्ने अडान लिएपछि उम्मेदवारको टुंगो लगाउन सकस भएको हो ।

प्रतिक्रिया दिनुहोस्