Logo
Logo
कांग्रेसको १४औँ महाधिवेशन

केन्द्रीय सदस्यका २७ जनाले उम्मेदवारी फिर्ता लिए

१२ः३० बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने



काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकामध्ये २७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

शनिबार मनोनयनपत्र दर्ता गराएका उम्मेदवारमध्ये आइतबार १२ बजेसम्ममा २७ जनाले फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ । कांग्रेस महाधिवेशन निर्वाचन सििमतिले उम्मेदवारी फिर्ता लिने समय डेड घण्टा थपेको छ । यसअनुसार १२ः३० बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।

केन्द्रीय सदस्य पदको उम्मेदवारी फिर्ता लिनेहरुमा जंगीलाल राय, संयजकुमार यादव, गोविन्दराज बोहरा, मीन विश्वकर्मा (दलित खुला), सीताराम महतो (मधेसी), जुनाकुमारी थानी (खसआर्य महिला), ध्रुवराज गुरुङ (जनजाति), दिपक अधिकारी (खसआर्य) छन् ।

यस्तै, भीमार्जुन आचार्य, इन्दिरा थापा, गणेशकुमार मण्डल (मधेसी), विना पौडेल (महिला), भक्तबहादुर बलायर (खुला), माया राना (जनजाति महिला), राजुराज जोशी, गोपीलाल विश्वकर्मा (दलित), मीनाकुमारी थापा (खुला महिला) ले पनि केन्द्रीय सदस्य पदबाट उम्मेदवारी फिर्ता लिएका छन् ।

केन्द्रीय सदस्यबाट उम्मेदवारी फिर्ता लिने अन्यमा विष्णु पौडेल (खस आर्य), अनु गुरुङ (जनजाति महिला), शकुन्तला शर्मा (महिला), महेककुमार कर्माचार्य (अल्पसंख्यक), सिंहबहादुर राना (जनजाति खुला), संगीता मण्डल, सीता पौडेल, कमलप्रसाद भुसाल, उमेशकुमार बस्नेत (खस आर्य) र माधवप्रसाद आचार्य छन् ।

प्रतिक्रिया दिनुहोस्