Logo
Logo

तिलोत्तमा माबिका दुई बिद्यार्थी नेपाल सर्वोत्कृष्ट



बुटवल । तिलोत्तमा माध्यमिक विद्यालय रूपन्देहीले शैक्षिक क्षेत्रमा राम्रो सफलता हासिल गरेको छ ।

यहाँका कक्षा १२ का दुई विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डद्वारा संचालित वार्षिक परीक्षामा सर्वोत्कृष्ट हासिल गर्न सफल भएको बिद्यालयले जनाएको छ ।

विद्यार्थी बिक्रम तिवारी र क्रिसला लामाले ३ दशमलव ९,२ (कंक÷ग्रेड) प्राप्त गरि राष्ट्र कै सर्वोत्कृष्ट प्रथम स्थान हासिल गर्न सफल भएका छन् । त्यस्तै असिम भण्डारीले ३ दशमलव ८,६ अंक प्राप्त गरी द्वितीय स्थान हासिल गरेका छन् । विद्यालयले तीनै जना विद्यार्थीलाई सम्मान गरेको छ ।

गुणात्मक शिक्षा दिदै आएको यो संस्था २०५३ सालमा स्थापना भएको हो । संस्थाले हालै प्रकासित नतिजाअनुसार यो सफलता हासिल गर्न सकेकोमा सस्थाको गरिमा बढाएको प्राचार्य आरसी आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्