Logo
Logo
कांग्रेसको १४औं महाधिवेशन

सभापतिको मतगणना राति १० बजेपछि



काठमाडौं । सभापति चयनका लागि कांग्रेसको दोस्रो चरणमा भएको मतदानको गणना मंगलबार राति १० बजेपछि हुने भएको छ ।

मतदान सकिएलगत्तै आजै राति १० बजेदेखि सभापतिको मतगणना हुने निर्वाचन समितिले जनाएको छ। उपसभापतिसहित बाँकी पदाधिकारी र केन्द्रीय सदस्यहरूको मतगणना भने बिहीबारदेखि मात्र हुनेछ ।

सोमबार भएको निर्वाचनमा सभापतिका कुनैपनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलबार दोस्रो चरणमा मतदान भइरहेको छ ।

सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइराला प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्