Logo
Logo

आन्तरिक चुनावमा हारेपछि मुख्यमन्त्री शाहीले भने, ‘पराजय अन्तिम मृत्यु होइन’



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही पार्टीको आन्तरिक चुनावमा पराजित भएपछि पराजय अन्तिम र मृत्यु नभएको प्रतिक्रिया दिएका छन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सहमहान्त्रीमा उम्मेदवारी दिएका शाही पराजित भएसँगै पदबाट राजीनामा दिन्छन् वा के गर्छन् भन्ने सवाल उठिरहेका बेला यस्तो प्रतिक्रिया दिएका हुन् ।

निर्वाचनको परिणाम आउनुअघि मुख्यमन्त्री शाहीले ‘बुढानीलकण्ठबाट म सर्वसम्मत भइसकेको मान्छे हुँ’ भनेका थिए । तर, उनी शेखर कोइराला प्यानलका बद्री पाण्डेसँग पराजित भएका हुन् ।

महामनत्रीमा पराजित भएपछि मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजिनामा दिएपछि शाहीले के गर्छन् भन्ने प्रश्न उठेको हो । सामाजिक सञ्जालमा समेत नेता रिजालले नैतिकता देखाएको भन्दै उनको प्रशंसा भइरहेको छ । तर, मुख्यमन्त्री शाहीले भने राजीनामा नदिने आशय व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘मैले हारेपनि काँग्रेसले नै जितेको छ । विजय मात्र लोकतन्त्रको परिभाषा होइन, पराजय अन्तिम र मृत्यु होइन, बरु सफलताको आधार हो ।’

मुख्यमन्त्री शाहीले निर्वाचन प्रणालीमा हार र जित खेलको स्वाभाविक र प्राकृतिक नियम भएको बताउँदै उनले आफ्नो जीवनबूटीलाई धोका दिएर बीचैमा छोड्नु आफ्नो धर्म र नैतिकताले नसुहाउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्