Logo
Logo

देउवाद्वारा प्रचण्डको प्रशंसा- ‘नेपालको राजनीतिमा प्रचण्डको योगदान ठूलो छ’



काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै नेतृत्वमा संविधानसभाबाट संविधान बनेको भन्दै प्रशंसा गरेको छन् ।

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले ‘प्रचण्ड’को राजनीतिक योगदानको चर्चा तथा प्रशंसा गरेका हुन् ।

प्रधानमन्त्री देउवाले भने– ‘पुष्पकमल दाहालजीले नेपालको राजनीतिमा धेरै ठुलो योगदान गर्नु भएको छ । उहाँकै बलले हामी संविधानसभामा गएका हौं । संविधानसभाबाट संविधान बनाउने कुरा २००७ सालमा कांग्रेसले गरेको हो, पछिल्लो चरणमा प्रचण्डले लिएकै अडानका कारण संविधानसभाको चुनाव भएको हो ।’

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले वर्तमान पाँच दलीय गठबन्धन कसैको विरुद्धमा नरहेको समेत प्रस्ट पारेका छन् । संविधान अनुरुप संसद पूरा समय चलोस् भन्ने उद्देश्यले मात्र गठबन्धन बनेको भन्दै कसैको विरुद्ध नरहेको धारणा राखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्