Logo
Logo

बनेपामा भारतीय ग्याँस बुलेटको ठक्करबाट छोराको मृत्यु, आमाबुवा घाइते


0
Shares

काठमाडौं । काभ्रेको बनेपा नगरपालिका-१३ भैंटेपाटीमा आज बिहान ग्याँस बुलेटको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

The current image has no alternative text. The file name is: dead-body.gif

काठमाडौंबाट बनेपा जाँदै गरेको भारतीय नम्बर प्लेटको ग्याँस बुलेटले सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०२०७१ प ७०६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा सख्त घाइते भएका खोटाङको सन्धिखर्क गाउँपालिका-६ का चन्द्र बुढाथोकीका ९ बर्षीया छोरा जुवासलाई उपचारका लागि अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बुढाथोकी दम्पती घाइते भएका छन् । उनीहरुको बनेपाकै शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । ग्याँस बुलेटका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्