काठमाडौं । नेपाल आयल निगमले दशैँको सार्वजनिक बिदाका दिनमा पनि पेट्रोल पम्प खुला रहने जनाएको छ । निगमले काठमाण्डौ उपत्यकासहित देशका विभिन्न प्रदेश तथा जिल्लामा सञ्चालित डिपो तथा पम्प आलोपालो खुला गरिने जनाएको हो ।

दशैँको टीकाको दिन र एकादशीका दिनबाहेक अरू सबै दिन डिपोहरू खुला रहनेछन् । काठमाण्डौको थानकोटमा रहेको निगमको पेट्रोलियम डिपो कात्तिक १, २, ६ र ७ गते खुला रहने निगमले जनाएको छ ।
त्यसैगरी, कोशी प्रदेशको विराटनगर डिपो कात्तिक २, ६ र ८ गते खुला रहनेछ । मधेश प्रदेशको अमलेखगन्ज पेट्रोलियम डिपो १, २, ६ र ८ गते खुला रहनेछ ।
गण्डकी प्रदेशको पोखरामा कात्तिक १, २ र ६ गते, लुम्बिनी प्रदेशको भैरहवा डिपो कात्तिक १, २, ६ र ८ गते तथा कर्णाली प्रदेशको सुर्खेत डिपो कात्तिक २ र ७ गते खुला रहने निगमले जनाएको छ ।
त्यसैगरी, सुदूरपश्चिम डिपो कात्तिक २ र ७ मा खुला रहने भएको छ ।














