Logo
Logo

इंग्लिस प्रिमियर लिग : लेस्टरको पोष्टमा म्यानचेष्टरको ६ गोल


882
Shares

काठमाडौं । म्यानचेष्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीविरुद्ध आधा दर्जन गोल गर्दै शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ ।

घरेलु मैदानमा इतिहादमा भएको खेलमा लेस्टरलाई ६(३ ले पराजित गरेको हो । सिटीले पहिलो हाफमा पकड बनाउँदै ४ गोल गर्‍यो । दोस्रो हाफमा ५ गोल भए । सिटीले दुई गोल गर्दा लेस्टरले ३ गोल गर्‍यो ।

सिटीको लागि रहिम स्टर्लिङले दुई गोल गरे । यस्तै केभिन डि ब्रुयन, रियाद महरेज, इल्काय गुन्डोगान र अमेरिक लोपार्टले १ १ गोल गरे । लेस्टरका लागि जेम्स माडिसन, एडेमोला लुकम्यान र केलेची इहेअनाचोले १(१ गोल गरे ।

जितसँगै सिटीले शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ । सिटीको १९ खेलबाट ४७ अंक छ । एक खेल कम खेलेको लिभरपुलको १८ खेलबाट ४१ अंक छ । १९ खेल खेलेको चेल्सी ४१ अंक सहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्