Logo
Logo

यथास्थितिमा कुनै हालतमा एमसीसी पारित हुँदैन : प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यथास्थितिमा एमसीसी पारित नहुने बताएका छन् ।

माओवादी केन्द्रको आठौं सम्मेलनको बन्दसत्रमा प्रस्तुत गरेको राजनीति प्रतिवेदनमा एमसीसी संशोधनपछि मात्र रित गर्ने नीति लिइएको उल्लेख गरेका हुन् । उनले प्रतिवेदनमा भनेका छन्– एमसीसी परियोजना परिमार्जन र संशोधनपछि मात्र पारित गर्ने नीति लिइएको छ । यथास्थितिमा कुनै पनि हालतमा पारित हुँदैन ।’

त्यस्तै उनले आफ्नो राजनीतिक प्रतिवेदनमा २०७७ फागुन २३ गते नेकपा विवादमा सर्वोच्च अदालतले गरेको फैसला अस्वाभाविक र राजनीतिक भएको पनि उल्लेख गरेका छन् ।

प्रचण्डको प्रतिवेदनमा भनिएको छ– ‘संसदीय दलको बहुमतले उन (केपी शर्मा ओली) लाई दलको नेताबाट पनि निष्कासित गर्‍यो। आधिकारीक र वैधानिक रुपले गरिएको उपरोक्त निर्णयलाई तत्कालीन निर्वाचन आयोग र संसद् सचिवालयले जानीबुझी गरेको ऐन, नजिरविपरीत र अन्त्यमा सर्वोच्च अदालतको अस्वाभाविक राजनीतिक फैसलाका कारण पार्टी एकता असफल बनाइयो,’ प्रतिवेदनमा भनिएको छ, ‘यही फैसलाले पार्टी एकतालाई असफल तुल्याइयो।’

प्रतिक्रिया दिनुहोस्