Logo
Logo

कालीकोटका केही विद्यालयमा मात्र सेनिटरी प्याड वितरण



मान्म । कालीकोटका नौवटा स्थानीय तहमध्ये केही स्थानीय तहले मात्र विद्यालयमा सेनिटरी प्याड वितरण गर्ने गरेका छन् । नेपाल सरकारले प्रत्येक विद्यालयमा सेनिटरी प्याड पु¥याउने उद्देश्यले बजेटको व्यवस्था गरेको भए पनि स्थानीय तहको उदासीनताका कारण केही स्थानीय तहले मात्र विद्यालयमा सेनिटरी प्याड दिने गरेका छन् ।

नेपाल सरकारले २०७६ सालमा सामुदायिक विद्यालयका किशोरावस्थाका छात्रालाई लक्षित गरेर सेनिटरी कार्यविधि ल्याएर सामुदायिक विद्यालयमा सेनिटरी प्याड खरिदका लागि बजेटको व्यवस्था गर्ने गरेको छ । कालीकोटका केही स्थानीय तहले सेनिटरी प्याड खरिदका लागि विनियोजन गरेको बजेटसमेत अयन्त्र खर्च गर्ने गरेका छन् । जिल्लाका नौ स्थानीय तहमध्ये खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, नरहरिनाथ गाउँपालिका र पलाँता गाउँपालिकाले मात्र विद्यालयमा सेनिटरी प्याड वितरण गर्ने गरेको पाइएको छ ।

तिलागुफा नगरपालिका, महाबै गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका र शुभकालिका गाउँपालिकाले सामुदायिक विद्यालयमा सेनिटरी प्याड खरिद तथा वितरण गरेका छैनन् । गत आर्थिक वर्षमा रु १८ लाखको सेनिटरी प्याड खरिदको ठेक्का हँुदा रु १३ लाखमा ३५ हजार प्याकेट सेनिटरी प्याड खरिद गरिएको रास्कोट नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रभुलाल न्यौपानेले जानकारी दिनुभयो ।

खाँडाचक्र नगरपालिकाले शिक्षा शाखामार्फत सेनिटरी प्याड खरिद हुने गरेको वितरण पनि त्यहीँबाट हुने गरेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख रवीन्द्र सेजुवालले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल सरकारको कार्यक्रमको पालना गरिएको बताउनुभयो । नेपाल सरकारले सामुदायिक विद्यालयमा सेनिटरी प्याडका लागि बजेट छुट्याउने गरेको आफूलाई थाहा भएको तर, आफ्नो विद्यालयमा सेनिटरी प्याड अहिलेसम्म नपाइएको तिलागुफा नगरपालिका–६ सत्यदेवी माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ११ का विद्यार्थी रमिला शाहीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्