काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापति पदमा निर्वाचित गगनकुमार थापाले आज (असोज ३१ गते) शपथ ग्रहण गरेका छन् ।

कांग्रेस केन्द्रीय कार्यालयमा सानेपामा आयोजित एक कार्यक्रममा थापाले शपथ ग्रहण गरेका हुन् । यससँगै नवनिर्वाचित सभापति थापाले पदबहालीसमेत गरेका छन् । बडादसैँका फूलपातीका अवसर पारेर थापाले शपथ ग्रहण तथा पदभार ग्रहण गरेका हुन् ।
कांग्रेस महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको चुनावको सबै मत गणना सकेर अन्तिम मतपरिणामसमेत सार्वजनिक भइसकेको छ ।
केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको शपथ भने दसैँपछि गरिने भएको छ । नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशनबाट २३१ सदस्यीय समिति चुनिएको छ।














