Logo
Logo

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकले बोलायो विशेष साधारणसभा



काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर हुने भएको छ । हिमालयन बैंकसँगै मर्जरका लागि नेपाल इन्भेष्टमेन्ट बैंकले विशेष साधारणसभा बोलाएपछि दुई बैंकबीचको मर्जर अब पक्का हुने भएको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकले माघ ४ गतेका लागि विशेष साधारणसभा बोलाएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले बुधबार एक सूचना जारी गर्दै विशेष साधारणसभा आव्हान गरेको हो ।

हिमालयन बैंकले भने यसअघि नै पुस ३० गतेका लागि नियमित साधारणसभा बोलाएको थियो । हिमालयन बैंकले इन्भेष्टमेन्ट बैंकसँगको मर्जर पारित गर्ने र लाभांश पारित गर्ने प्रस्ताव गर्नका लागि साधारणभा बोलाएको थियो ।

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्ज भएर फागुनदेखि एकीकृत कारोबार गर्ने भएका छन् । दुवै बैंकले गत बैशाखमा मर्जरमा जाने सम्झौता गरेका थिए । उक्त सम्झौता अनुसार मर्जरपछि बैंकको अध्यक्ष इन्भेष्टमेन्ट बैंकबाट पृथ्वीबहादुर पाँडे हुने छन् भने प्रमुख कार्यकारी अधिकृत (सीईआ)े हिमालयन बैंकका अशोक राणा हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्