Logo
Logo

सनराइज बैंकको १४औँ साधारणसभा, ७ प्रतिशत लाभांश पारित



कठमाडौं । सनराइज बैंक लिमिटेडले सेयरधनीका लागि वितरण प्रस्ताव गरेको ७ प्रतिशत लाभांश पारित गरेको छ । बैंकको १४औँ साधारणसभाले ६ दशमलव ६५ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बैंकको हाल चुक्ता पुँजी नौ अर्ब ४८ करोड ७९ लाख रुपैयाँ रहेको र बोनस सेयर वितरणपछि १० अर्ब ११ करोड ८८ लाख रुपैयाँ पुग्ने बैंकले जनाएको छ । साधारणसभाले सनराइज बैंक र अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरू एकपसमा गाभ्ने वा गाभिने वा प्राप्ति गर्न–गराउन वा उपयुक्त देखिएको अवस्थामा उपयुक्त कदम चाल्न अनुमति दिएको छ ।

त्यस्तै, वैदेशिक रणनीतिक साझेदारीमा जानका लागि चल–अचल सम्पत्ति तथा दायित्व र कारोबारको मूल्यांकन गर्न तथा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो पक्रिया पूरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । बैंकले हाल एक सय ३९ शाखा, ८३ शाखारहित बैंकिङ सेवा, १२ एक्सटेन्सन काउन्टर, एक सय ५७ एटिएममार्फत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्