Logo
Logo

चार प्रदेशमा भारी वर्षाको सम्भावना


756
Shares

काठमाडौं । हाल देशभर मनसुनी वायु र पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै, बङ्गालको खाडीको पश्चिम–मध्य भूभाग आसपास न्यून चापीय प्रणाली रहेको र उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली बनेर पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्दै जाने छ । जसको प्रभावले बागमती प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा अनि कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी मधेस प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थान र सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थानमा पनि चट्याङ्गसहित मध्यमसम्म वर्षा हुन सक्नेछ । विशेष गरी कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ । ०००

प्रतिक्रिया दिनुहोस्