Logo
Logo

जनमत पार्टीको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा पाँच जना घाइते



जनकपुरधाम । सीके राउत नेतृत्वको जनमत पार्टीको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिकामा सडक जाम गरेर बसेका जनमत पार्टीका कार्यकर्तामाथि आइतबार प्रहरीले रबरको बुलेट प्रहार गरेको हो ।

धनुषा प्रहरीका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार ११ राउण्ड रबरको बुलेट र १६ राउण्ड अश्रुग्यास प्रहार गरिएको छ । रबरको बुलेट लागेर जनमत पार्टीका ५ जना कार्यकर्ता घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधामान ल्याइएको जनमत पार्टीले जनाएको छ ।

यस्तै झड्पका क्रममा नेपाल प्रहरीका एकजना र सशस्त्र प्रहरीका एक गरी दुई जनासमेत घाइते भएको प्रवक्ता एवं डीएसपी बस्नेतले बताए ।

किसानलाई समयमै मल खाद्य उपलब्ध गराउनुपर्नेसहितका माग राख्दै जनमत पार्टीले गत पुस १५ गतेदेखि मधेशका जिल्लामा पूर्व–पश्चिम राजमार्गमा चक्काजाम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्